आर्थिक

सुनको मूल्यमा नयाँ ‘रेकर्ड’, कतिमा भइरहेछ कारोबार ?

By खबरहब

October 27, 2024

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन तोलामा १४ सय रुपैयाँले बढेर एक लाख ६७ हजार चारसय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एकलाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि कात्तिक ७ गते सुनको मूल्य एकलाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो ।

यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रकार चाँदी दुई हजार ७० रुपैयाँमा कारोबार भएको थियो ।