अन्य

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

By खबरहब

October 27, 2024

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ । जपानमा जारी विश्वकपमा आइतबार नेपालका उसु खेलाडी विजय सिंजाललीले कांस्य पदक जितेका हुन् ।

उनले छेन्सुतर्फ ९.६३६ अंक प्राप्त गर्दै नेपालका लागि एतिहासिक पदक जितेको नेपाल उसु महासंघले जनाएको छ ।

उक्त प्रतिस्पर्धामा मलेसियाका वेङ सन वोङले ९.७७३ अंक जोड्दै स्वर्ण पदक जिते भने तथा जापानका मोटोयोशी अराकीले ९.७६६ अंकसहित रजत पदक प्राप्त गरे ।