खेलकुद

महिला साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेश

By खबरहब

October 27, 2024

काठमाडौं- बंगलादेश साफ च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानमाथि ७–१ को फराकिलो जित निकाल्दै बंगलादेश फाइनल प्रवेश गरेको हो ।

बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरिन् । साविना खातुनले दुई र ऋतु पोर्ना चक्मा तथा सेउली अजिमले एक–एक गोल गरे । भुटान लागि एकमात्रै गोल डेकी लाजोमले गरेकी थिइन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी