समाचार

अनुमति नवीकरण नगरी आएको थाइ एयर एसियाको जहाजलाई ‘मानवीयता’का आधारमा अवतरण गराइयो

By खबरहब

October 27, 2024

काठमाडौं- नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद गुज्रिसकेको) थाई एयर एसियाको जहाजलाई मानवीयताका आधारमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्न अनमुति दिइएको छ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले केही समय होल्ड गराएपछि बैंककबाट आएको उक्त जहाजलाई अवतरण अनुमति दिएको हो ।

काठमाडौंको आकाशमा एक दर्जन फन्को मारेपछि थाई एयर एसियाको उक्त जहाजला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन विमानस्थल कार्यालयले जहाजमा सवार यात्रुको जिउज्यानको सुरक्षा र मानवीयताका आधारमा काठमाडौंमा अवतरण अनुमति दिइएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जहाजका यात्रुको सुरक्षालाई ख्याल गर्दै विमानस्थलमा अवतरण अनुमति प्रदान गरिएको बताए ।

भूलले थाई एयरको उक्त जहाजको उडान अनुमति समय सीमा नाघिसकेको छ । तर अहिलेसम्म उसले नवीकरण गरेको थिएन । अनुमति नदिँदा पनि अवतरणका लागि यो जहाज आएको हो ।

लामो समय होल्ड भएपछि यात्रुको जिउ ज्यानको सुरक्षाका लागि अवतरण गराइएको हो । भूलका अनुसार अब यो जहाज चार्टर्ड उडान गरेर बैंकक जाने छ । उडान अनुमति नवीकरण नगरेसम्मलाई उडान अनुमति नदिने चलन छ ।