समाचार

अनुमतिबिना आएको आएको थाई एयर एसियालाई कारवाही

By खबरहब

October 27, 2024

काठमाडौं-उडान अनुमतिबिना काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ ।

आइतबार थाइल्याण्डबाट काठमाडौं आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हो ।

विमानलाई आकाशमा करिब एक घण्टा ‘होल्ड’ गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अनुमति दिइएको थियो ।

प्राधिकरणका अनुसार थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरिएको छ । नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ ।

थाई एयर एसियाको उक्त विमानको शनिबारसमम्म मात्रै उडान अनुमति थियो । त्यहीकारण आइतबारको उडानलाई ‘विशेष चार्टर्ड’ उडानको अनुमति दिइएको छ ।

विशेष चार्टर्ड उडान अनुमति पाएको विमानले काठमाडौंबाट आजै यात्रु लिएर बैंकक फर्किने विमानस्थल कार्यालयले जनाएको छ ।

थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो । प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका सार्वजनिक गरेको छ ।