अपराध

दुई क्विन्टल २१ केजी गाँजासहित ट्रक चालक समातिए

By खबरहब

October 27, 2024

जनकपुरधाम- धनुषा प्रहरीले गाँजासहित एकजना ट्रक चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश लुङ्वा छन्।

शनिबार साँझ करिब साढे ५ बजेको समयमा जिल्ला प्रहरी र वडा प्रहरी कार्यालय, मुजेलियाबाट खटेको टोलीले जनकपुरधाम उपमहानगरपालिका-१४ स्थित बाबा आयल सेन्टरअगाडिबाट दुई क्विन्टल २१ केजी ३८ ग्राम गाँजा बरामद गरेको हो ।

धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले आइतबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएका हुन् । प्रहरीले ट्रक चालक र गाँजा सार्वजनिक गरेको छ।

प्रहरी उपरीक्षक तिवारीले विशेष सूचनाको आधारमा प्रहरी टोलीले ना ५ ख १७७ नम्बरको मिनी ट्रक चेकजाँच गर्दा पछाडितर्फ बडीको भागमा फल्स बटम बनाई राखेको गाँजाको १२ वटा पोका बरामद भएको बताए ।