खेलकुद

भारतविरुद्ध सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरी

By खबरहब

October 27, 2024

काठमाडौं- जारी साफ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो हाफ बराबरीमा सकिएको छ ।

काठमाडौंस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको हो ।

नेपालले खेलमा गोल गर्ने केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । तर पहिलो हाफको धेरैजसो समय नेपालले भारतमाथि दबाब बनाएको थियो ।

भारतले खेलको सुरुमै आक्रामक खेले पनि गोलमा परिणत गर्न सकेन । भारतले दुईवटा सुन्दर अवसर खेर फ्याँक्यो । भारतकी प्रमुख खेलाडी बालादेवीले पहिलो हाफमा मैदान छाडिन् ।

यस खेलको विजेताले बुधबार हुने फाइनल खेलमा बंगलादेशको सामना गर्ने छ । बंगलादेशले आइतबार नै सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई ७-१ गोलअन्तरले पराजित गरेको थियो ।