खेलकुद

साम्बा ‘प्लेयर अफ द म्याच’

By खबरहब

October 27, 2024

काठमाडौं – साफ महिला च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनल पुगेको खेलमा सावित्रा भण्डारी ‘साम्बा’ प्लेयर अफ द म्याच बनेकी छन् ।

उनले एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन् । उनले टाइब्रेकरमा पनि गोल गरिन् ।

आइतबार भएको सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयमा खेल १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

यस अघि भारतले खेलको ७०औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको थियो ।खेलको ७०औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो । लामो विवाद भएपछि खेल एक घण्टाभन्दा बढी समय अवरुद्ध बनेको थियो ।

अब फाइनलमा नेपालले आगामी बुधबार बंगलादेशसँग खेल्ने छ ।