क्रिकेट

प्रधानमन्त्री कप क्रिकेट  : आज दुई खेल हुँदै

By खबरहब

January 28, 2024

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।

आज कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब तथा लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

कर्णाली र त्रिभुवन आर्मीबीचको खेल काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा ७ खेलबाट ६ अंक जोडेको कर्णाली प्रदेश तालिकाको सातौँ स्थानमा छ । ६ खेलबाट ८ अंक बनाएको आर्मी चौथो स्थानमा छ ।

यस्तै, आजै बिहान सवा ९ बजे मूलपानी क्रिकेट मैदान लुम्बिनी प्रदेश र मधेश प्रदेश भिड्ने छन् ।

प्रतियोगितामा ६ खेल खेलिसकेको लुम्बिनी प्रदेश २ अंक जोडेर तालिकाको नवौँ स्थानमा रहँदा कर्णाली प्रदेश ८ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ ।

अहिलेसम्मका खेलमा नेपाली पुलिस क्लब ६ खेलबाट १२ अंकका साथ शीर्षस्थानमा रहँदा ९ खेल खेलेको बागमती १२ अंकका साथ दोस्रो स्थानमा छ ।

यस्तै, आफ्ना ८ वटै खेलमा हार बेहोरेको कोशी प्रदेश अंकविहीन हुँदै पुछारमा छ ।