समाचार

कानून र सुशासन समितिको बैठक बस्दै

By खबरहब

January 28, 2024

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितिको २२औँ बैठक आज बस्दैछ ।

बैठक बिहान साढे ११ बजे संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बस्दैछ । समितिको १९औँ बैठक सिंहदरबारमा दिउँसो १ बजे बस्नेछ ।

बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा छलफल हुने जनाइएको छ ।