खेलकुद

आहा रारा गोल्डकप : आज संकटा र आर्मीबीच प्रतिस्पर्धा हुने

By खबरहब

January 28, 2024

काठमाडौँ– आहा रारा गोल्डकप फुटबलमा आज साविक विजेता संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुने दोस्रो क्वार्टरफाइनल खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्ने उद्देश्यका साथ मैदानमा उत्रने छन् ।

संकटा बाई पाएर सिधै क्वार्टरफाइनलमा पुगेको हो भने आर्मीले राइजिङ स्टार फुटबल क्लबलाई हराएको थियो ।

प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । फाइनल खेल माघ २० गते हुनेछ ।