फाइल फोटो

आर्थिक

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

January 28, 2024

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत हप्ता शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १४०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।