मनोरञ्जन

‘पुजार सार्की’मा यस्तो देखिए आर्यन, प्रदीप र पल

By खबरहब

January 28, 2024

काठमाडौँ– मल्टिस्टारर चलचित्र ‘पुजार सर्की’को पहिलो पोस्टर सार्वजनिक भएको छ । सो पोस्टरमा फिल्मका तीन नायक आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अटाएका छन् ।

जातीय विभेदको कथामा आधारित सो चलचित्रमा आर्यन र पलको ‘गेटअप’ गाउँले परिवेशको छ । प्रदीपको पात्र भने पोस्टरबाट अनुमान गर्न गाह्रो छ । उनले लामो कपालमा माथि पुरानो टोपी लगाएका छन् ।

माघ १६ बाट छायांकन गर्ने भनिएको यो फिल्मको निर्माण टोली ‘लोकेसन’मा पुगिसकेको छ ।

किङडम नेटवर्कको ब्यानरमा बन्ने यस फिल्ममा अन्जना बराइली र परीक्षा लिम्बूको पनि अभिनय रहनेछ ।

विकास सुवेदीको लेखन रहेको यो फिल्म दिनेश राउतले निर्देशन गर्दैछन् भने सुवास भुसालको लगानी रहेको छ ।