सांकेतिक तस्बिर

देश/प्रदेश

तारकेश्वरमा आगलागीबाट १२ लाख बराबरको धनमाल जलेर नष्ट

By खबरहब

January 28, 2024

काठमाडौं– तारकेश्वरमा आगलागीबाट १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

तारकेश्वर नगरपालिका-९ फुटुङ डाँडागाउँस्थित भारत मोतिहारी घर भएका ३७ वर्षीय सलिन मियाको सिरक डस्ना र माछा पसलमा शनिबार दिउँसो आगलागी हुँदा नगद, सुनचाँदीका गरगहना, सिरक बनाउने मेसिन, कपास, तयारी सिरक, डसना गरी करिब १२ लाख १० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको हो ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ  ।