काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन् । अभिनेता रमित ढुङ्गानाको डेब्यू निर्देशन रहने ‘नमेटिने घाउ’ फिल्म को छायांकन फागुन दोस्रो साताबाट सुरु हुने छ ।
चलचित्रको शुभमुहूर्त पनि गरिएको छ । एमाले अध्य्क्ष केपी शर्मा ओली मुख्य अतिथिका रुपमा आमन्त्रण गरी आयोजना गरिएको कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
पछिल्लो एसिड आक्रमणबाट पीडित बनेकाहरूको कथा समेटेर सो फिल्मको निर्माण गरिने अभिनेता ढुङ्गानाले जानकारी दिए । रमित ढुङ्गानाकै ब्यानरमा बन्ने यस फिल्मको कथा शिभम अधिकारीले लेखेका हुन् । लगानी पनि ढुङ्गाना कै रहेको छ ।
केपी ओली प्रधानमन्त्रीको भूमिकामा देखिने छन् । फिल्ममा रमितको पनि अभिनय रहनेछ । यस फिल्ममा धेरै नवकलाकारहरुले पनि अवसर पाएका छन् ।
आरती आचार्य, रचना गौतम, प्राप्ती पौडेल, टिकटक स्टार इभा गिरी, प्रभात पल ठकुरी सन्दीक लोहनी, अकिल बजगाईँ सिजन राउतलगायतले पनि फिल्ममा अभिनय गरेका छन् ।