राजनीति

निर्वाचनपछि पनि राजनीतिक अस्थिरता अन्त्य हुन सकेन : माधव नेपाल

By खबरहब

January 28, 2024

काठमाडौं– सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गत वर्ष भएको निर्वाचनपछि पनि देशको राजनीतिक अस्थिरता अन्त्य हुन नसकेको बताएका छन् ।

आइतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले २०७९ सालको निर्वाचनपछि राजनीतिक शक्ति सन्तुलन र समीकरणहरूमा केही केही फेरबदल भए पनि राजनीतिक अस्थिरता अन्त्य हुन भने नसकेको बताएका हुन् ।

निर्वाचनपछि देशमा राजनीतिक अस्थिरता कायमै रहेको बताउँदै उनले देशको राजनीतिमा अस्थिरताका बादल मडारिरहेको बताए ।

देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको एमालेले सत्ता गठबन्धन तोड्न अनेक उपाय लगाइरहेको उनको आरोप छ ।