तस्बिर- गेटी इमेज

क्रिकेट

वेस्ट इण्डिजले २७ वर्षपछि अस्ट्रेलियामा टेस्ट जित्यो

By खबरहब

January 28, 2024

काठमाडौं- वेस्ट इण्डिजले २७ वर्षपछि अस्ट्रेलियामा टेस्ट जितेको छ । यसअघि सन् १९९७ मा अस्ट्रेलियामा टेस्ट जितेको वेस्ट इण्डिजले आइतबार अस्ट्रेलियालाई ८ रनले पराजित गर्‍यो ।

खेलको पाँचौं दिन अस्ट्रेलियालाई ८ रनले पराजित गर्दै वेस्ट इण्डिजले सिरिज बराबरी गरेको हो ।

यस टेस्टमा वेस्ट इण्डिजले पहिलो इनिङमा ३११ रन बनाएको थियो भने दोस्रो इनिङमा १९३ रन बनाएर आउट भएको थियो ।

त्यस्तै, अस्ट्रेलियाले पहिलो इनिङमा २८९ रन बनाएर पारी घोषणा गरेको थियो भने दोस्रो इनिङमा २०७ रन बनाएको थियो ।

योसँगै अस्ट्रेलिया र वेस्टइण्डिजबीचको २ खेलको टेस्ट सिरिज १–१ को बराबरी भएको छ ।