खेलकुद

आर्मीले कर्णालीलाई १६४ रनले हरायो

By खबरहब

January 28, 2024

काठमाडौँ– त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि १६४ रनको फराकिलो जित हासिल गरेको छ ।

टियु मैदानमा आइतबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले दिएको २८० रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले २९ ओभरमा अलआउट हुँदै ११५ रन मात्र बनाएपछि खेल १६४ रनले हारेको हो ।

यसअघि आर्मीले पहिला ब्याटिंग गर्दै कप्तान विनोद भण्डारीको शतक र बसिर अहमदको ९८ रनको मद्दतले ५० ओभरमा ५ विकेट गुमाउँदै २७९ रन बनाएको थियो ।

यो जितपछि आर्मी अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । आर्मीको ७ खेलमा ५ जितसहित १० अंक हासिल गरेर तेस्रो स्थानमा उक्लिएको हो ।

त्यसै गरी कर्णालीले भने पाँचौँ हार बेहोरेको छ । कर्णालीको ८ खेलमा ६ अंक रहेको छ र हाल सातौँ स्थानमा रहेको छ ।