सांकेतिक तस्बिर

अपराध

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

By खबरहब

January 28, 2024

मकवानपुर– अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा कर्जनहा नगरपालिका-८ बस्ने ४२ वर्षीय राम सागर राउत रहेका छन् ।

राउतलाई हेटौंडा उपमहानगरपालिका-१५ रातमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित आइतबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी रातमाटेबाट खटिएको प्रहरीले को.१ ख ७९१४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो  ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिहरेको प्रहरीले जनाएको छ ।