आर्थिक

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता

By खबरहब

January 28, 2024

काठमाडौं- कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ ।

आइतबार उद्योग मन्त्रालयमा आयोजित एक कार्यक्रममा लघु, घरेलु तथा सना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल उद्योग परिसंघ र विभिन्न ६ वटा उद्योगहरुबीच कार्यस्थलमा आधारित रोजगारमुलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको हो ।

सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक दिपक घिमिरे, परिसंघका तर्फबाट महानिर्देशक दिपकराज जोशी र उद्योगहरुका तर्फबाट सम्बन्धित प्रतिनिधिहरुले हस्ताक्षर गरेका थिए ।

सम्झौतासँगै ६ वटै उद्योगहरुले कूल १ हजार ६ सय ६३ जना प्रशिक्षार्थी कामदार छनौट गरि प्रशिक्षण प्रदान गरि रोजगारीमा लगाउनेछन् । सम्झौता कार्यक्रममा उद्योगमन्त्री रमेश रिजालले प्रशिक्षण कार्यक्रम मार्फत उद्योगको उत्पादन वृद्धिमा योगदान पुग्ने र स्वदेशमै रोजगारीका थप अवसरहरु सिर्जना हुने अपेक्षा गरे ।

सम्झौताअनुसार प्रशिक्षार्थी कामदारहरुको अघिकतम ३ महिनाको पारिश्रमिक नेपाल सरकारकातर्फबाट केन्द्रले व्यहोर्नेछ भने उद्योगले तत्पश्चात कम्तिमा १८ महिनाका लागि रोजगारीको सुनिश्चितता गर्नुपर्ने बताइएको छ ।