क्रिकेट

फाप्ला क्रिकेट स्टेडियमलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने तयारी भइरहेको छ : मन्त्री साउद

By खबरहब

January 28, 2024

कैलाली- कैलालीको फाप्ला क्रिकेट स्टेडियमलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने तयारी भइरहेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् ।

खेल क्षेत्रले देशलाई विश्वमाझ चिनाउने बताउँदै उनले पूर्वाधार निर्माणमा सरकार लागि परेको बताए । “फाप्ला स्टेडियमलाई गौरवको आयोजना घोषणा गर्दैछौँ । त्यसका लागि प्रक्रियागत कुरा अगाडि बढेको छ”, उनले भने, “खेलकुदले देशलाई विश्वमाझ चिनाउँछ । पूर्वाधार निर्माणमा सरकारको प्राथमिकतामा छ ।”

नेपालको क्रिकेट खेल अभ्यासका लागि भारतले स्टेडियम उपलब्ध गराउने प्रतिबद्धता जनाउको उनले बताए । यसले नेपाली क्रिकेट खेलाडीलाई अभ्यासमा सघाउने उनको भनाइ छ ।

आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरस्थित खुलामञ्चमा तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । परराष्ट्रमन्त्री साउदले प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ ।