सांकेतिक तस्बिर

देश/प्रदेश

धनुषा र रुपन्देहीबाट दुई जना मृत फेला

By खबरहब

January 28, 2024

काठमाडौं–  धनुषा र रुपन्देहीबाट दुई जना मृत अवस्थामा फेला परेका छन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका-१० जानकी मन्दिरको उत्तर गेट अगाडी सडकको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, रुपन्देहीकाे बुटवल उपमहानगरपालिका-१० औद्योगिक क्षेत्रस्थित सडकको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।