खेलकुद

आर्मी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

By खबरहब

January 28, 2024

पोखरा- त्रिभुवन आर्मी पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको खेलमा संकटालाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलमा आर्मीलाई जिताउन दिनेश हेमजनले दुई तथा जिलेस्पीजंग कार्कीले एक गोल गरे । अब फाइनल प्रवेशका लागि आर्मीले नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिता अन्तर्गत सोमबार मनाङ मर्स्याङ्दी र जाउलाखेलबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ ।