फाइल तस्वीर

समाचार

त्रिभुवन विमानस्थलको अध्यागमनमा कर्मचारीसँग विवाद गर्ने प्रहरीको जिम्मेवारी हेरफेर

By खबरहब

January 28, 2024

काठमाडौं- त्रिभुवन विमानस्थलको अध्यागमनमा कर्मचारीसँग विवाद गर्ने प्रहरीको जिम्मेवारी हेरफेर गरिएको छ । अध्यागमनका कर्मचारीलाई कुटपिट गरेको घटनामा संलग्न प्रहरीको जिम्मेवारी हेरफेर गरिएको हो ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा ती प्रहरीको जिम्मेवारी हेरफेर गरिएको हो ।

शुक्रबार बिहान अध्यागमनका अधिकृत छायालाल मोक्तानसँग प्रहरीको विवाद भएको थियो । यसक्रममा प्रहरीले आफूलाई पिटेको मोक्तानको भनाइ छ ।

आगमन कक्षबाट प्रस्थानकक्षतिर जाने क्रममा प्रहरीले मोक्तानलाई मेटल डिटेक्टर लगाएर जाँच लिन खोज्दा विवाद भएको थियो ।

आफू अध्यागमनको अधिकृत भएको र मेटल डिटेक्टर लगाइरहनु नपर्ने भन्दाभन्दै प्रहरीले हातपात गरेको मोक्तानको गुनासो छ । उनका अनुसार प्रहरीले लात्ती प्रहार गरेका थिए ।

घटनापछि अध्यागमन कार्यालयका प्रमुखले सीसीटीभी फुटेज जाँच गरेका थिए । सो घटनामा प्रहरीकै कमजोरी देखिएको अध्यागमन स्रोतको दाबी छ ।