क्रिकेट

भारतविरुद्धको टेस्ट सिरिजमा इङल्याण्डको विजयी शुरुवात

By खबरहब

January 28, 2024

काठमाडौं – इङल्याण्डले भारतविरुद्धको टेस्ट सिरिजको पहिलो खेल जितेको छ । टेस्टको पाँचौं दिन इङल्याण्डले दिएको २३१ रनको लक्ष्य पछाएको भारत २०२ रन बनाएर अलआउट भएपछि इङल्याण्ड २८ रनले विजयी भएको हो ।

यस टेस्टमा इङल्याण्डले पहिला ब्याटिंग गर्दै पहिलो इनिंगमा २४६ रन बनाएको थियो भने भारतले पहिलो इनिंगमा ४३६ रन बनाएको थियो ।

भारतले पहिलो इनिंगमा १९० रनको अग्रता लिएको थियो । दोस्रो इनिंग ब्याटिंग गर्न आएको इङल्याण्डले ४२० रन बनाएपछि भारतलाई २३१ रनको लक्ष्य दिएको थियो ।

यो जितपछि इङल्याण्डले ५ खेलको सिरिजमा १–० को अग्रता लिएको छ । अब दोस्रो टेस्ट फेब्रुअरी २ देखि शुरु हुदै छ ।