अन्तर्राष्ट्रिय

इस्तानबुलको चर्चमा सशस्त्र आक्रमण

By खबरहब

January 28, 2024

टर्की – टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इटालियन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा एकजनाको मृत्यु भएको छ ।

टर्कीका गृहमन्त्री अली येर्लिकायाले सामाजिक सञ्जाल एक्समा उल्लेख गरे अनुसार दुई जना मुखौटा लगाएका व्यक्तिले शहरको युरोपेली तर्फको सरियर जिल्लाको सान्ता मारिया चर्चमा आक्रमण गरेका थिए ।

घटनाबारे अनुसन्धान थालिएको मन्त्रीले जनाकारी दिनु भएको छ ।