अन्तर्राष्ट्रिय

भारतीय नागरिकहरु दुबईमा धमाधम घर किन्दै

By खबरहब

January 28, 2024

दुबई- संयुक्त अरब इमिरेट्सको दुबईमा भारतीय नागरिकहरु घरजग्गामा लगानी गर्न आकर्षित हुँदै गएका छन् । हालै प्रकाशित एक प्रतिवेदनमा रुसी नागरिकलाई उछिन्दै भारतीय नागरिकले दुबईमा कीर्तिमानी स्तरमा घरजग्गामा लगानी गरेको पाइएको छ ।

ड्रिम होम्सले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२३ को पहिलो ६ महिनामा भारतीयहरुले दुबईको घरजग्गामा ३३ करोड ५० लाख डलर लगानी गरेका छन् । यससँगै दुबईमा घरजग्गाको कारोबार पनि ह्वात्तै बढेको छ ।

डब्लू क्यापिटल कम्पनीका प्रमुख कार्यकारी वालिद अल जरुनीका अनुसार सन् २०२३ को अन्त्य हुनु एक महिनाअघिसम्म दुबईमा १ लाख २७ हजारवटा घरजग्गा किनबेचसम्बन्धी सम्झौता भएका थिए ।

घरजग्गा खरिद गर्नेलाई यूएईले १० वर्ष बासोबास अनुमतिसहित गोल्डेन भिसा दिने भएकाले पनि भारतीय धनाढ्यहरु दुबईमा घरजग्गा खरिद गर्न आकर्षित हुने गरेको इण्डियाब्लुम्सले जनाएको छ ।