खेलकुद

अष्ट्रेलिया एसियन कपको क्वाटरफाइनलमा

By खबरहब

January 28, 2024

काठमाडौं । अष्ट्रेलिया एएफसी एसियन कपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो प्रि–क्वाटरफाइनल खेलमा इन्डोनेसियालाई ४–०ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अष्ट्रेलियालाई मार्टिन बोएल, क्रेग गुडविन र ह्यारी सुट्टारले गोल गरे । भने इन्डोनेसियाका एलकान बाग्गोटकोले आत्मघाती गोल गरे । खेलको ११औं मिनेटमा बाग्गोटकोले आत्मघाती गोल गरेका थिए ।

४५औं मिनेटमा अष्ट्रेलिया लागि मार्टिन बोएलले हेडर मार्फत गोल गरे । त्यस्तै ८९औं मिनेटमा गुडविन, र इन्ज्युरी समयको पहिलो मिनेटमा सुट्टारले गोल गरेका थिए । योसँगै अष्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

क्वाटरफाइनलमा अष्ट्रेलियाले साउदी अरेबिया र दक्षिण कोरिया बीचको खेलको विजेतासँग खेल्ने छ ।