ब्रेकिङ स्टोरी

कानून र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

By खबरहब

February 28, 2024

काठमाडौँ– संघीय संसद अन्तर्गत आज कानुन र विधायन व्यवस्थापन समितिका बैठक बस्दैछन् ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, मानवअधिकार तथा विधायन व्यवस्थापन समितिको बैठक दिउँसो साढे १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ मा दफावार छलफल हुनेछ ।