क्रिकेट

त्रिदेशीय टी–२० सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपाल फिल्डिङमा

By खबरहब

February 28, 2024

काठमाडौँ– त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि नेदरल्याण्ड्सले ब्याटिङ गरिरहेको छ ।

हिजोको पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको नेपाल आज नेदरल्याण्ड्सलाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । यस्तै नेदरल्याण्ड्स भने सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म भएका ९ अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा दुवैले चार–चार खेल जितेका छन् । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।