समाचार

सिंहदरबार आसपास क्षेत्रमा हिँड्न निषेध

By खबरहब

February 28, 2024

काठमाडौं– प्रहरी प्रशासनले सिंहदरबार आसपास हिँड्न समेत निषेध गरिएको छ । लघुवित्त पीडितहरूको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार वरपरका फुटपाथमा कडाइ गरिएको हो ।

सिंहदरबार आसपास अहिले फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन आसपास भने हिँड्न रोक लगाइएको छैन । तर, समूहमा हिँड्न दिइएको छैन । 

लघुवित्त पीडितको टोली संसद् भवनमा प्रवेश गरेपछि गृह मन्त्रालयले भवनको बाहिरी सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ जनाको टोलीलाई एकैसाथ जिम्मेवारीबाट हटाएको थियो ।