समाचार

आठ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

By खबरहब

March 28, 2024

काठमाडौँ– नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

आईजीपी वसन्त कुँवरको अध्यक्षतामा हिजो बसेको बढुवा समिति बैठकले बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस भएकामा डीएसपी ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरे रहेका छन् ।