फाइल फोटो

आर्थिक

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

March 28, 2024

काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अनुसार आज सुन तोलामा १ हजार १ सय रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २७ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ८०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख २६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला १४९० रुपैयाँमा कारोबार भएको चाँदी आज १५१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।