राजनीति

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?  

By खबरहब

March 28, 2024

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ  ।

गत फागुन २१ गते कांग्रेस–माओवादीबीचको गठबन्धन टुटेपछि दाहाल र देउवाबीच आज पहिलो पटक एक्लाएक्लै  भेटवार्ता भएको हो ।

भेटका क्रममा उनीहरूबीच संसदमा भएको अवरोध हटाउनेबारे छलफल भएको बताइएको छ । पछिल्लो समय कांग्रेसले प्रतिनिधि सभामा  गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरिरहेको छ ।

यस्तै, सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।