समाचार

जलवायु विज्ञ पाँडेले दिए रास्वपाबाट राजीनामा

By खबरहब

March 28, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य डा अरनिको पाँडेले राजीनामा पार्टीबाट राजीनामा दिएका छन् । 

जलवायु विज्ञ रहेका पाँडेलाई सरकारले यही चैत ८ गते राष्ट्रिय योजना आयोगको सदस्यमा  नियुक्त गरेको थियो । आफू सरकारी क्षेत्रमा नियुक्त भएपछि पार्टीमा बस्नु पदको बर्खिलाप हुनु भन्दै पाँडेले  राजीनामा दिएका हुन् । 

उनले बिहीबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत आफूले राजीनामा दिएको सार्वजनिक समेत गरेका छन् । यता पार्टी नेताहरूका अनुसार उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।