समाचार

डा. आरजु राणाको शल्यक्रिया सम्पन्न

By खबरहब

March 28, 2024

 काठमाडौं– पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणाको शल्यक्रिया सम्पन्न भएको छ।

राणाको भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटल साकेतमा हिजो हाइपर प्याराथाइरोइडको सफलतापूर्व शल्यक्रिया सम्पन्न भएको हो । 

अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र अझै केही समय अस्पतालमै रहने उनको सचिवालयले जनाएको छ । 

 डा. राणा विगत दुई वर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरूको सल्लाहअनुसार भारतमै फलोअप उपचार गर्दै आएकी थिइन् ।