समाचार

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

By खबरहब

March 28, 2024

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३ जना नागरिकको हकमा एक प्रहरी अनिवार्य हुनुपर्छ । तर नेपालको हकमा ४३९ जनालाई जम्मा एक जना प्रहरीले सुरक्षा गर्नुपर्ने स्थिति छ । 

जनसङ्ख्याको अनुपात अनुसार प्रहरीको संख्या कम भएको प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता भीम ढकालले बताए । 

बिहीबार नेपाल प्रहरीको वार्षिक प्रगति विवरण पेश कार्यक्रममा बोल्दै उनले भने, ‘पछिल्लो समय विदेश जाने मोहले प्रहरी सेवामा समेत आकर्षण घट्दै गएको छ ।  विगत दश वर्षदेखि प्रहरीले एकै जनशक्तिले काम गर्नुपरेको छ ।

२०७० देखि एकै जनशक्ति छ । हाल ७९ हजार ५४१ जम्मा जनशक्ति रहेको छ । जनसंख्या अनुसार थप २५ हजार जनशक्ति आवश्यक रहेको ढकालले बताए ।

 उनी थप्छन्, ‘सुरक्षाको लागि अरु २० हजार जनशक्ति थप गर्नुपर्ने अवस्था छ ।’

हाल पुरुष प्रहरीको ७८.३२ प्रतिशत छ । महिला प्रहरीको संख्या ११.६८ प्रतिशत रहेको छ । खाली दरबन्दी ४.१३ प्रतिशत रहेको छ ।