तस्बिर : विकिपिडिया

अन्तर्राष्ट्रिय

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

By खबरहब

March 28, 2024

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ । 

बंगलादेशको गृह मनत्रालयले बुधबार एक सूचना जारी गर्दै जेल सजाय थप गरिएको जनाएको छ । मन्त्रालयले थप गरिएको अवधिमा खालेदा जियाले आफ्नो मुलुक छाड्न पाउने छैनन् । 

मन्त्रालयले खालेदाले बंगलादेशमै स्वास्थ्योपचार गर्नुपर्ने पनि जनाएको छ । सन् २०२० यता पूर्वप्रधानमन्त्री खालेदाको जेल सजाय थप गरिएको यो छैटौँ पटक हो । कोभिड महामारीको समयमा मानवीय कारण देखाउँदै बंगलादेश सरकारले सन् २०२० मार्चमा अस्थायी प्रयोजनका लागि जियालाई जेलमुक्त गरिदिएको थियो ।

बंगलादेश नेसन्लिस्ट पार्टीका अध्यक्ष समेत रहनु भएकी पूर्वप्रधानमन्त्री जिया सन् २०१८ देखि जेलमा रहेका छन् । बंगलादेशको एक अदालतले उहाँमाथि विदेशबाट प्राप्त सहायता रकम हिनामिना गरेको आरोपमा सात वर्षको जेल सजाय तोकेको थियो । 

खालेदामाथिको जेल सजाय राजनीतिक प्रेरित रहेको विपक्षी दलले आरोप लगाउँदै आएको छ ।