समाचार

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

By खबरहब

March 28, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा उम्मेदवार बन्न नाम दर्ता गराएका प्रारम्भिक उम्मेदवारसँग छलफल गरेको छ ।

पार्टीका महामन्त्री डा. मुकुल ढकालसहितका नेताहरूको उपस्थितिमा सबै ६ प्रारम्भिक उम्मेदवारसँग छलफल गरेको हो ।

इलाम-(२ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बू र डा. शेष नारायण न्यौपाने रहेका छन् ।

रास्वपाले पार्टीको नीति अनुसार प्रारम्भिक उम्मेदवारीहरूबीच मतदानपछि उम्मेदवार तय गर्ने भएको छ ।