प्रतिकात्मक तस्वीर ।

समाचार

पानीमा डुबेर एक युवकको मृत्यु 

By खबरहब

March 28, 2024

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ ।

 मृत्यहुनेमा भैरबी गाउँपालिका–३ सालपानीका १९ वर्षीय ज्ञानबहादुर विकको रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिएका छन् । 

भैरबी –३ का वडा सदस्य कल्पना विकले भैरबी –३ स्थित छामघाट खोलाको हतर्के घाटमा नुहाउने क्रममा  पानीमा डुबेर ज्ञानबहादुरको निधनको बताए ।