फाइल फोटो

समाचार

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

By खबरहब

March 28, 2024

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले छानबिनका लागि तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । समितिको संयोजकमा विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणी पौडेल रहेका छन्

समितिले ३० दिन भित्र प्रतिवेद पेश गर्ने छ । समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिने त्रिवि रजिस्ट्रारको कार्यालयले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले गत वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (कोड न ४२२) र शिक्षा शास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय (कोड न. ४१२) का उत्तर पुस्तिकाहरू हराएका थियो ।