समाचार

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

By खबरहब

March 28, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न आग्रह गरेको छ  ।

बिहीबार एक सूचना जारी गर्दै महानगरपालिकाले निजी विद्यालयलाई नेपालीपनसहितको नाम राख्ने प्रक्रिया अघि बढाइ एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित पेस गर्न आग्रह गरेको हाे ।

शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गरेको नदेखिएको भन्दै महानगरले त्यसलाई तत्काल कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेको छ ।

सुचनामा भनिएको छ, ‘नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नका लागि प्रक्रिया अघि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेस गर्नुहुन अनुरोध छ।’