समाचार

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

By खबरहब

March 28, 2024

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको आरोपमा दुई चिनियाँ पक्राउ परेका छन् ।

सिद्धार्थनगर–काकरहवा क्षेत्रबाट उत्तर प्रदेश प्रवेश गर्न लागेका सिचुआनका झोउ पुलिन र ह्वाङजिनबावाकी युआन युहानलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार घटना भारतको सिद्धार्थनगर जिल्लाको नेपाल–भारत सीमा नजिकको हो । एसएसबी र प्रहरीको संयुक्त टोलीले गस्ती गरिरहेको बेला उनीहरु भारत प्रवेश गर्न खोजेका थिए ।

उनीहरुको साथबाट दुईवटा चिनियाँ राहदानी, एउटा नेपाली पर्यटक भिसा र दुईवटा मोबाइल, दुईवटा नेपाली र दुईवटा चाइनिज सिम, दुईवटा साना झोलामा रहेका विभिन्न किसिमका नौ थान कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।