खेलकुद

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

By खबरहब

April 28, 2024

काठमाडौं– अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि फराकिलो जित निकालेको छ ।

आज बिहान सम्पन्न खेलमा इन्टर मियामीले न्यू इङल्याण्डलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लियोनेल मेसीले २ तथा लुइस सुवारेज र बेन्जामिन क्रिमासचीले एक–एक गोल गरेका थिए ।

यो जितपछि एमएलएसको इस्टर्न कन्फेरेन्समा इन्टर मियामी ११ खेलबाट २१ अंकसहित शीर्षस्थानमा रहेको छ । त्यसैगरी न्यू इङल्याण्डको भने ९ खेलबाट ४ अंक मात्रै रहेको छ ।