देश/प्रदेश

इलाम उपनिर्वाचनको मतगणना सुरु

By खबरहब

April 28, 2024

इलाम– इलाम– २ मा हिजो भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा दुई ठाउँमा मतगणना सुरु भएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फूयाँलले जानकारी दिए । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ बाट मतगणना सुरु भएको हो ।

यसपछि चुलाचुली, माङ्सेबुङ, माई, देउमाई गाउँपालिका र इलाम नगरपालिकाको गणना गर्ने तयारी छ ।

मत गणनामा इलाम क्षत्र नम्बर २ का मतदाता मात्र उम्मेदवारको प्रतिनिधि बनाइएको छ ।

इलामको उपनिर्वाचनमा एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ । यो समग्रमा ६० प्रतिशत हो ।

उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवार गरी १९ जना चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा हिजो उपनिर्वाचन भएको हो।