समाचार

बझाङ उपनिर्वाचन : छबिसपाथिभेराको वडा १ बाट मत गन्न थालियो

By खबरहब

April 28, 2024

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार मतगणना सदरमुकाम चैनपुरस्थित जिल्ला अदालतका २ ठाउँबाट गरिँदै छ ।

छबिसपाथिभेरा गाउँपालिकामा ७ वटा वडा छन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोरख केसीका अनुसार १ नम्बर वडामा ३ वटा मतदान केन्द्र थिए ।

अहिले जनप्रिय मावि ‘क’ र ‘ख’ मतदान केन्द्रबाट गणना सुरु गरिएको हो । यसपछि मस्टा आधारभूत विद्यालयको गणना गरिने छ ।

शनिबार भएको उपनिर्वाचनमा ६१ हजार ७ सय ४८ मतदातामध्ये ३० हजार ३ सय २८ ले मतदान गरेका थिए ।

यो समग्रमा ४९ दशमलव १२ प्रतिशत हो । बझाङ प्रदेशसभा १ मा विभिन्न दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।