ब्रेकिङ स्टोरी

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

By खबरहब

April 28, 2024

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका दमनबहादुर भण्डारीले तीन हजार ९२६ मतसहित अग्रता कायमै राखेका छन् । भने तीन हजार ४३१ मतसहित नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह दोस्रो स्थानमा छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले २ हजार ८३ मत प्राप्त गर्दा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार १९४ मत प्राप्त गरेका छन् ।

छबिसपाथीभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकाको वडा नम्बर ९ का मतगणना सकिएको छ । अहिले जयपृथ्वी नगरपालिकाको मत गणना गर्न सुरु गरिएको छ ।

ताजा परिणाम दमनबहादुर भण्डारी (एमाले) : ३७४८ जनक बुढा नेकपा (माओवादी केन्द्र) : २६०० अभिषेकबहादुर सिंह (नेपाली कांग्रेस) : ३१८२ दिलबहादुर सिंह (एकीकृत समाजवादी) : ११४०