फाइल फोटो

समाचार

सरकारले आज आगामी वर्षको बजेट सार्वजनिक गर्दै

By खबरहब

May 28, 2024

काठमाडौं– सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक बजेट सार्वजनिक गर्दैछ ।

आज दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

हरेक वर्ष जेठ १५ गते सरकारले बजेट ल्याउने संवैधानिक व्यवस्था छ । सरकारले आज १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

बैठकका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सांसदलाई दिउँसो पाने १ बजे अघि नै संसदमा उपस्थित हुन सभामुख देवराज घिमिरेले आग्रह गरेका छन् ।