समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै

By खबरहब

May 28, 2024

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक बिहान १0 बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

कांग्रेसले केही समयदेखि सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको थियो ।

तर सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता पक्ष र कांग्रेस नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने कार्यादेश तय गरेसँगै संसदको अवरोध हट्ने देखिएको छ ।

पछिल्लो घटनाक्रमबारे सांसदहरूलाई जानकारी दिन पनि कांग्रेसले दलको बैठक बोलाएको हो।