ब्रेकिङ स्टोरी

आर्थिक सुधारको वर्ष घोषणा गर्छु, बजेटले नागरिकमा आशा जगाउनेछ : अर्थमन्त्री

By खबरहब

May 28, 2024

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका छन् ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य वाचन गरिरहेका अर्थमन्त्री पुनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न र आर्थिक सुधारका कार्यक्रम अघि बढाउने भन्दै आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रम : एमालेको सत्तारोहणसँगै फर्कियो ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’

आगामी बजेटलाई आर्थिक तथा सामाजिक क्षेत्रमा देखिएका चुनौती सम्बोधन गर्दै आम नागरिकमा आत्मविश्वास र आशा जगाउने दस्तावेजको रूपमा प्रस्तुत गरेको मन्त्री पुनले बताएका छन् ।

‘केही समयदेखि शिथिल रहेको मुलुकको अर्थतन्त्र सरकारको निरन्तर प्रयासबाट चलायमान हुँदै गएको छ । विगतमा शुरु गरिएका आर्थिक सुधारका उपलब्धीलाई संस्थागत गर्दैै बदलिँदो विश्व अर्थव्यवस्था र नेपालको वस्तुगत आवश्यकतालाई दृष्ट्रिगत गरी अर्थतन्त्रलाई सबल र उत्थानशील बनाउन आवश्यक ठानेको छु,’ अर्थमन्त्री पुनले भने, ‘संविधानको परिकल्पनाअनुसार राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतशील बनाउँदै समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणका लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक देखिएको छ ।’